मुलुकमा अव्यवस्था हुँदा पनि संसद् निरीह भएर हेरिरहेको छ : केपी शर्मा ओली

Kp oli 30

काठमाडौँ  । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संघीय संसद्‌ले निरीहता भोगिरहेको बताएका छन् । उनले मुलुकमा अव्यवस्था हुँदा पनि संसद् निरीह भएर हेरिरहेको र अशक्त अवस्थामा रहेको बताएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संसद्‌ले आफ्नो वजनअनुसार चल्नुपर्ने सुझाव दिएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्‌लाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि सुझाव दिए ।

मुलुकमा महँगी बढ्दा र जनतामा मारमा पर्दा पनि संसद्‌ले काम गर्न नसकेको ओलीको भनाइ थियो । त्यस्तै, मुलुकमा आयातको प्रभावकारी अनुगमन हुन छाडेको ओलीले बताए । राज्यका सबै अंगमा सरकारले हमला गरेको ओलीको आरोप थियो । स्वेच्छाचारिता बढेको पनि उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस