सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ

Bhairavsundar shrestha 0j4vhzqgoh

काठमाडौँ नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन् ।

मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । 

उनले वर्तमान सरकार देश र जनताप्रति बफादार नभएको भन्दै सरकार रहुञ्जेल देशलाई बर्बादीमा पुर्‍याउने बताए । सरकारको छिटोभन्दा छिटो बहिर्गमनको आवश्यकता रहेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस