नेकपा माओवादी केन्द्रको निष्कर्ष : चुनावमा कांग्रेस इमानदार र गम्भीर भएन

Maobadi party office

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको निष्कर्ष निकालेको छ। केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको जनाएको छ ।

स्थानीय तह चुनावपछि पहिलो पटक आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा दाहालले राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ ।

त्यसैगरी कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस