प्रत्येक नागरिकको विवरण संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्री खाणको जोड

Bal krishna khand 1

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा शनिबार आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना संकलन, भण्डारण र वितरणको काम प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे । 

विभागले व्यक्तिगत घटना दर्ताका साथै सामाजिक सुरक्षाअन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ ।

प्रतिकृया दिनुहोस