सत्तारुढ गठबन्धनको शीर्ष तहमा छलफलपछि मात्रै मुख्यमन्त्री फेर्ने मोडमा एकीकृत समाजवादी

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाउन कांग्रेस र माओवादीका सांसदको हस्ताक्षर अभियान

Rajendra pandey

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ । समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष निकालेको हो ।

सो बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएका छन् । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने बताएको हो ।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले भने पूर्वलिखित सहमतिअनुसार वाग्मती प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने बताएका छन् । उनीहरुले पूर्व सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका छन् ।

सहमति कार्यान्वयनका लागि दुवै दलका सांसदहरुले हस्ताक्षर संकलनसमेत गरेका छन् । तर एकीकृत समाजवादी उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भने प्रदेश सरकार गठनसहितको विषयमा केन्द्रले निर्णय गरेको भन्दै त्यसैअनुसार गर्नुपर्ने बताउँदै आएका छन् ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठनबन्धनको निर्णय नहुन्जेल वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए ।

७ प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् । एकीकृत समाजवादीले पनि बागमती प्रदेशको मुख्यमन्त्ती छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने अडान राखेको छ । ‘कहिँ न कहिँ अवसरहरुको बाँडफाँड हुन्छ नि, बागमती नभए अर्को ठाउँमा होला’ प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले शनिबारको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनको विषय शीर्ष नेताको बैठकले टुंग्याउने निर्णय गरेको बताए । ‘अहिले हल्ला चलेको विषयमा गठबन्धनको शीर्ष नेताले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने निर्णय भएको छ’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...