नेपाल र अजरबैजानका सभामुखबीच भेटवार्ता

Agni sapkata khczmuunah

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनको सफल आयोजना गरेकोमा बधाई ज्ञापन गरे। उनले असंलग्न आन्दोलनका आदर्शहरू महत्वपूर्ण भएको बताउँदै यसका आदर्श र एजेन्डाहरूप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख सापकोटाले अन्तर्राष्ट्र्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीहरूको समाधान गर्न सकिने धारणा राखे। सभामुख सापकोटाले नेपाल र अजरबैजानको संसदको सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय मैत्री समूह निर्माणको प्रस्ताव गरे।

अजरबैजानका सभामुख गफारोवाले नेपालका सभामुखसहितको प्रतिनिधि मण्डलको सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गरे। यस अघि स्पेनमा भएको अन्तर व्यवस्थापिका संघको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समूह बनाउन अजरबैजानको संसद तयार रहेको बताए।

बाकुमा जारी सम्मेलनमा सहभागी हुन यहि असार १४ गते गएका सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधि मण्डल असार १९ गते साँझ नेपाल फर्कने समय तालिका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...