राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

Rabi lamicchane final

काठमाण्डौँ ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । यस्तै पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ ।

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि लामिछानेले दल दर्ता भएको र पार्टीको सङ्गठन विस्तारमा केन्द्रित हुने बताए । नेपालको संविधानसहित प्रचलित कानुनअनुसार आफूहरूको पार्टीलाई आयोगले मान्यता दिएको उनले बताए ।

प्रतिकृया दिनुहोस