जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

प्रधानमन्त्रीलाई नयाँ बन्ने मन्त्रीहरुको नाम बुझाइयो

Jasapa

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । जसपाको केन्द्रीय कार्यकारिणी बैठकबाट गत सोमबार मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्री सिफारिस गर्ने अधिकार लिएका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरुलाई फिर्ता बोलाएका हुन् ।

यादवले नयाँ मन्त्रीहरुको नाम पनि बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको बुझिएको छ । जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव रहेका छन् ।

पार्टीले फिर्ता बोलाए पनि उनीहरुले पदबाट राजीनामा भने दिएका छैनन् । जसपाबाट डा. बाबुराम भट्टराई पक्ष बाहिरिने तयारी गरिरहेकाले अध्यक्ष यादवले सम्भावित फुटबाट कम क्षति हुने गरी नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...