पार्टी एकताको तीन वर्षपछि सहमतिमै जसपाका यादव र भट्टराई अलग हुने

Baburam n upendra

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच एउटै पार्टीमा नरहने सहमति भएको छ । त्यसैअनुसार जसपा केन्द्रीय समितिको बैठक यही असार २७ र २८ गते वीरगञ्जमा आयोजना हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनका विषय, सरकारमा दलको कार्यसम्पादन, प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी मुख्य कार्यसूची रहनेछ । अलग हुने सहमतिमा हुन लागेको यो बैठक महत्त्वपूर्ण हुनेछ ।

जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य युवराज कार्कीले केही दिनयता दुवै नेताबीच भएको छलफलपछि अलग–अलग बाटोबाटै अघि बढ्ने सहमति बनेको जानकारी दिए । पार्टी एकताको तीन वर्षपछि यादव र भट्टराई पुनः अलग हुने अवस्थामा पुगेका हुन्। भद्र सहमतिमै अलग हुने निष्कर्षमा पुगेको बताइएको छ ।

यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो । एकतापछि सङ्घीय समाजवादी पार्टी बनेको थियो । सङ्घीय समाजवादी पार्टी र ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...