पार्टीलाई शक्तिशाली बनाउने काममा लाग्न समाजवादीका अध्यक्ष नेपालको कार्यकर्तालाई निर्देशन

Madhav kumar nepal

काठमाडौँ  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई शक्तिशाली बनाउने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले सिङ्गो पार्टीको ध्यान प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केन्द्रित गर्नुपर्ने बताएका छन् । काठमाडौँमा पार्टीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै नेपालले पार्टीलाई चुनावमा अधिकतम सफलता हासिल हुने गरी प्रचारमा लाग्नुपर्ने बताएका छन् ।

प्रत्येक कार्यकर्ता जनताको घर–घरमा पुग्नुपर्ने भन्दै पार्टीले १६५ क्षेत्रमा उम्मेदवारी दिने बताए । उनले भने, ‘हामीले १६५ निर्वाचन क्षेत्रमा अहिलेदेखि नै उम्मेदवारको तयारी गर्नुपर्छ । कति ठाउँमा डम्मी उम्मेदवार पनि उठाउनुपर्ने हुन सक्छ । पालिका–पालिका, वडा वडामा कार्यकर्ता खटाउनुपर्छ । बुथ–बुथमा टोलटोलमा कमिटी बनाउनुपर्छ ।’

अध्यक्ष नेपालले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरूले २० लाख मत ल्याउने दाबी गरे । उनले २८ प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पनि ९ लाख मत आएको बताए ।

२० लाख मत पाउने हो भने प्रतिनिधिसभामा पार्टीका केही सिट सुरक्षित हुने भन्दै नेपालले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लगाउनुपर्नेमा जोड दिए । उनले संघीय निर्वाचन क्षेत्रका १६५ र प्रदेशसभातर्फका ३३० सिटमा नै उम्मेदवारी दिने गरी तयारी थाल्न समेत निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...