बागमती प्रदेशसभा बैठक आज दिउँसो बस्ने

Bagmati pradesh

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सरकार पक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बीचको विवाद समाधानका लागि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले राखेको सवैदलीय बैठकमा सहमति जुटेपछि बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दिउँसो १ बजेटका लागि सरिएको हो ।

बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै असार १२ गतेदेखि प्रमुख प्रतिपक्ष दल एमालेले सदनमा अवरोध गर्दै आएको थियो । एमालेको अवरोधका कारण रोकिएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि आह्वान गरिएको थियो । उक्त बैठकमा एमालेको अवरोध कायम रहने देखिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले सर्वदलीय बैठक राखेका थिए ।

सो बैठकमा सरकार पक्षबीच सहमति जुटेको हो । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्षका तर्फबाट दलका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । प्रदेशसभाको बैठकमा एमालेले राखेका मागका विषयमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले धारणा व्यक्त गर्ने भएका छन् । एमालेको उठाएका विषयहरुलाई सम्बोधन गर्ने गरी सरकारको धारणा आउने सहमति जुटेको हो ।

एमालेले बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त सरकारले वितरण गरेको बजेट पुस्तिकाको औचित्य नभएको भन्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई फिर्ता समेत गरेको छ । एमालेले प्रदेश सरकारको बजेट असन्तुलित भएको भन्दै विरोध गर्दै बजेट पुस्तिका फिर्ता गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...