संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Samsad bhawan onlinepana

काठमाडौँ । संघिय संसदको दुवै सदनका बैठक आज आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सुरु भइसकेको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन २०७७ साउन – २०७८ असार  पेश गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले “ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...