देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड

Parchand 8

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् ।

बिहीबार ललितपुरमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए । यो जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उनको भनाइ छ ।

गोरखा, कालीकोट, रोल्पा, रुकुममा सबै दल हुँदा पनि माओवादीले आफ्नै बल बुताले जितेको उनले बताए । तर, ललितपुरमा भने सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ । प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संघारमा रहेको भन्दै अहिलेदेखि नै लाग्न निर्देशन दिए ।

प्रचण्डले ठूलो आन्दोलनको बलमा प्रतिगमनको प्रवृत्ति पराजित भर संसद् पुनर्स्थापना भएकोसमेत बताए ।

प्रतिकृया दिनुहोस