सत्ता गठबन्धनले समाजवादी पार्टीलाई अपमान गर्यो : झलनाथ खनाल

Jhalanath khanal

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धनले आफ्नो पार्टीलाई अपमान गरेको आरोप लगाएका छन्। बुधबार राजधानीमा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्देशन सम्बोधन गर्दै नेता खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धनले अपमान गर्दा धेरै ठाउँमा हार्नुपरेको बताएका हुन्।

‘देशव्यापी संगठन निर्माण गरेर चुनावमा गएको भए ९ लाखको सट्टा २० लाख मत प्राप्त गरिन्थ्यो,’ उनले भने, ‘गठबन्धनले विल्कुलै अपमान गर्‍यो। गठबन्धनको अपमानले हामीले जति मत प्राप्त गर्नुपर्थ्यो, हासिल गर्न सकेनौं।’

उनले प्राप्त मतलाई परिवर्तनको संस्थागत र समाजवादको दिशामा उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई उनले असल र जनसेवाको नमूना काम गरेर अघि बढ्न सुझाए।

उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि आवाज उठाउन पनि जनप्रतिनिधिलाई निर्देशन दिए। ‘फोहोरबाट मल, फोहोरबाट पुनर्उत्पादन हुँदो रहेछ। फोहोर आफैमा सम्पत्ति रहेछ,’ उनले भने, ‘अविलम्ब यो समस्या समाधानका लागि हाम्रा वडाध्यक्षहरुले आवाज उठाएर निष्कर्षमा पुर्‍याउनुपर्छ।’

उनले निर्वाचनलाई कसरी सस्तो बनाउने भन्ने पनि पनि आवाज उठाउन जनप्रतिनिधिलाई आग्रह गरे। संविधानलाई राम्रोसँग अध्ययन गर्न, ऐन नियम पढ्न पनि अनुरोध गरे। ‘परिपक्व जनप्रतिनिधिका रुपमा काम गर्नुस्। फलानालाई सांसद उठाउनुपर्यो भन्नेगरी पार्टीले मूल्यांकन गर्नेगरी काम गर्न आग्रह गर्नुस्,’ उनले भने।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...