एसपीपी फिर्ता लिन सरकारले सेनालाई निर्देशन दिने

Cabinet meeting

काठमाडौँ । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्ता लिने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।

सो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । सो सम्झौता फिर्ता लिन संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ ।

 

 

प्रतिकृया दिनुहोस