नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा

Team nepal oqzuah79fj

काठमाडौँ । नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गरेको हो।

बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३/४ ओभरमा पुरा गर्‍यो । नेपालका लागि सीता राना मगरले ४ तथा कविता जोशीले ३ रन बनाए । नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो।

यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्। नेपालका लागि कविता कुँवर र सबनाम राईले २-२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्।

खेल निर्धारित समय अनुसार बिहान ८: १५ मा सुरू हुनुपर्ने थियो । तर वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल ७र७ ओभरमा छोट्याएको थियो। समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।

यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ। अब अन्तिम खेलमा नेपालले हङकङसँग खेल्नेछ । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि २० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...