एमालेमाथि आक्रमण भइरहेको छ, पार्टीलाई एक तालले हिँडाउनुपर्ने आवश्यकता छ :केपी शर्मा ओली

Kp oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीव्र वैचारिक र राजनीतिक लडाई लडिरहेको बताए ।

‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र प्रतिष्ठा कमजोर पार्छ भने त्यो पार्टीको नेता कार्यकर्ता केही पनि होइन’, ओलीको भनाइ छ । उनले एमालेमाथि आक्रमण भइरहेको भन्दै यस्तो बेला पार्टीलाई एकढिक्का र एक तालले हिँडाउनुपर्ने आवश्यकता रहेको बताए ।

 ‘समाजवादको गन्तव्यमा पुग्न रोक्नेलाई पराजय गर्नुपर्छ । अहिले स्पष्ट भैसक्यो एमालेबाहेक अरु कुनै शक्ति छैन यो अभिभारा पुरा गर्ने’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले समाजवाद भन्ने कुरालाई सहज ढंगले बुझ्नुपर्ने पनि बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...