सेना सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रधानसेनापति शर्मा

Prabhuram sharma

काठमाडौँ ।  प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगरेको बताएका हुन् । साथै एसपीपीसम्बन्धी बाहिर आएको कागजात पनि सरकारी नभएको उनले बताएका छन् ।

एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नतामा छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन, उनले भने । प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ।

त्यस्तै सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र पनि साँचो भएको प्रधानसेनापति शर्माले स्पष्ट पारे । सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु, प्रधानसेनापति शर्माले भने ।

अमेरिकाको युटा राज्यबाट सहयोग सामग्री लिन सहज हुने भएकाले त्यसपछि पनि २ वटा चिठी लेखिएको उनले बताए । पछि २ चिठी पनि लेखिएको हो । अमेरिकी सरकारबाट युटा राज्यको एसपीपी सामग्री दिनका लागि दिन अमेरिकी सरकारले एसपीपीबाट दिने र सजिलो हुने भएपछि मानवीय सहयोग नेपालमा ल्याउन लेखिएको हो । नेपालको बर्खिलाप जाने भनेर र सैन्य गठबन्धनमा जाने भनेर होइन । सेना परराष्ट्र नीतिमा स्पष्ट छ, उनले भने । तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीको स्वीकृतिमा नै पत्र लेखेको उल्लेख गर्दै उनले भने, तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतिमा पत्र लेखिएको हो । तत्कालीन रुपमा एसपीपी सैन्य गठबन्धनमा थिएन । सन् २०१९ मा आईपीएसमा एसपीपी गएपछि हामीले असजिलो हुन्छ भनेर सरकारलाई रिभ्यू गर्न भनेका हौँ ।

उक्त कार्यक्रमबाट हतियार किन्न एक रुपैयाँ पनि नआएको उल्लेख गर्दै उनले भने, यसै कार्यक्रमअन्तर्गत ४ सैन्य जहाज सहयोग लिएका छौँ । २ आइसकेको छ, १ मेडिकल जहाजका रूपमा आउन लागेको छ । एक सर्भिलेन्समा छ । यसबाट पैसा, हतियार बम बारुद केही पनि आएको छैन । यो कार्यक्रमले हामीलाई अहिलेसम्म एक रुपैयाँको हतियार आएको छैन । १० बुँदे गलत हो । सेनाले विदेशसम्बन्धी कुरा रक्षा र परराष्ट्र मन्त्रालयसँग छलफल गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस