एसपीपीबारे प्रधानमन्त्री देउवाले जवाफ दिनुपर्छ : गगन थापा

Gagan thapa

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन नपाउने भन्दै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जबाफ दिनुपर्ने बताए।

प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपीपीबारे उठेका भय, भ्रम र आशंकाहरुका प्‍वाल बन्द हुने उनले बताए। आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदमा प्रदिप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए। उनले यो सम्झौता कुनै पनि हालतमा स्वीकार नहुने बताए।

सञ्‍चारमाध्यममा एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...