धनकुटा नगरले जित्यो शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि

Mahila futbal dkt

धनकुटा । धनकुटामा शनिबार शुरु भएको अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३(० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

विजेता धनकुटाले नगद ५० हजार रुपैयाँसहित कप प्राप्त गरेको छ । उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार रुपैयाँ नगदमा चित्त बुझाएको छ । धनकुटा नगरपालिकाले छथर जोरपाटी गाउँपालिकालाई र चौबिसे गाउँपालिकाले शहीदभूमि गाउँपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो ।

धनकुटा तर्फबाट अनिता लम्जेलले २ गोल तथा अञ्जना थुलुङले १ गोल गरेकी थिइन् । फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धजकुटा नगरपालिकाकै तिर्था लिम्बु घोषित भइन् ।

प्रतियोगितामा धनकुटा जिल्लाका ७ वटा पालिकाको सहभागिता रहेको थियो । धनकुटा नगरपालिका ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० चैत ३ गते विराटनगरमा बम विस्फोटका क्रममा निधन भएको थियो । श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...