वर्षा सकिने वित्तिकै मेलम्चीको पानी काठमाडौंमा आउँछ : खानेपानी मन्त्री उमाकान्त चौधरी

मेलम्चीमा पहिरो न्यूनिकरणका लागि अध्ययन भइरहेको भनाई

Umakanta chaudhary (1) 20220614150736

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी योजना वर्षायामसम्म बन्द गरिने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिँदै खानेपानीमन्त्री चौधरीले वर्षा सकिने वित्तिकै मेलम्चीको पानी काठमाडौंमा ल्याउने सरकारको योजना रहेको बताएका हुन् ।

उनले भने, ‘मेलम्चीको सुरुङमा लेदो पस्यो । योजना सञ्चालन वर्षायामसम्म बन्द गरिएको हो । वर्षायाममा सुरुङलाई थप क्षति हुन दिन सकिएमा वर्षा सकिने वित्तिकै पानी सञ्चालन गर्न सकिने मन्त्रालयको योजना रहेको छ । यस अवधिमा पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तरण गर्ने, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भइरहेको छ । ’

मेलम्चीमा पहिरो न्यूनिकरणका लागि अध्ययन भइरहेको उनको भनाइ छ। मेलम्ची खानेपानीको विकल्पका लागि मकवानपुरको सिस्नेखोला, ललीतपुरको ठोस्ने र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको खानेपानी मन्त्री चौधरीले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...