खेलाडीको उपचारका लागि चिकित्सा केन्द्रको व्यवस्था गर्छौं : शिक्षा मन्त्री पौडेल

Devendra poudel

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक बर्षदेखि खेलाडीहरूको उपचार व्यवस्थाका लागि चिकित्सा केन्द्रको व्यवस्था गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत उठेका प्रश्नहरुको जवाफ दिँदै खेलाडीहरूको संरक्षण र विकासका लागि खेलकुद वीमाको अवधारणा विकास गरिएको बताए ।

एक स्थानीय तह एक खेल पूर्वाधार केन्द्र विकास गर्ने नेपाल सरकारको नीति अनुसार विगतमा निरन्तर विकास भइरहेका खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक बर्षमा १ सय २१ वटा पालिकामा बजेट जाने व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।

स्थानीय तहमा खेल पूर्वाधारका लागि स्थानीय तहबाट नै ठाउँ छनौट गरी प्रस्ताव आह्वान गरिएको बताए । त्यसका लागि बजेट नियोजनको अधिकतम सीमा २ करोड भएको उनले बताए । सबै पालिकालाई समान रुपमा बजेट पठाइने उनले बताए ।

 

प्रतिकृया दिनुहोस