गायिका इन्दिरा जोशीले मंगलबार विवाह गर्दै

Indira joshi mehendi

काठमाडौँ ।  गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् ।

हालसालै विवाहअघिको मेहन्दी संस्कार गरेका इन्दिरा र शरदले ३१ गते मंगलबार विवाह गर्न लागेका छन्। इन्दिराले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी हुन्, उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’

प्रतिकृया दिनुहोस