प्रतिनिधिसभाको बैठकमा कसले के भने ?

Samsad bhawan onlinepana

काठमाडौँ । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भूक्षय र पहिरोको जोखिममा रहेकाले ती क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गरिन् ।

 प्रतिनिधिसभा सदस्य बिनाकुमारी श्रेष्ठले बालश्रम उन्मुलन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताइन् । उनले उद्योगहरुलाई बालबालिकालाई श्रममा नलगाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय कानून कार्यान्वयनमा सहयोग पुर्याउन अनुरोध गरिन् ।

प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले विद्यार्थीहरुलाई तत्काल पाठ्यपुस्तक दिलाउन शिक्षामन्त्रीलाई आग्रह गरिन् । उनले किसानहरुलाई मल र बिउ सहज रुपमा दिलाउन पनि सरकारसँग माग गरिन् । प्रतिनिधिसभा सदस्य विनादेवी बुढाथोकीले रासायनिक मलको अभावले किसानहरू चिन्तित हुनुपरेको बताइन् । उनले तराईका किसानले भारतबाट मल किनेर ल्याउँदा सिमानामा दुःख पाएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिकता विधेयकलाई तत्काल संसदबाट पारित गरी जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता पाउने व्यवस्था गर्न माग गरे । प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले सडक दुर्घटनाहरुलाई न्युनिकरण गर्न सडकको मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।  उनले सबै सडकहरूको स्तरोन्नतिलाई प्राथमिकता राख्न सरकारलाई आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले सरकारले सिन्धुपाल्चोक जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर ६ अर्बभन्दा बढी रकम विश्व बैंकबाट प्राप्त गरेको भएपनि सिन्धुपाल्चोकमा खर्च नगरेको बताए । उनले सो रकम सिन्धुपाल्चोकमै खर्च गर्न माग गरे । 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...