किसानलाई मल उपलब्ध गराउन सभामुख सापकोटाको सरकारलाई ध्यानाकर्षण

Agni sapkota

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए ।

‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुख सापकोटाले भने, ‘यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा बैठकमा सांसदहरुले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै किसानहरुले सर्वसुलभ रुपमा मल पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...