समाजबादीलाई गठबन्धनले मूल्याङ्कन र सम्मान गर्न सकेन : झलनाथ खनाल

Jhalanath khanal

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको धारणा राखे। उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे ।

१५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाई छ । खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राखे । काठमाडौंको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...