नबिल बैंकले काठमाडौँका १८ वटा शाखामा सार्वजनिक शौचालय प्रयोग गर्न दिने

Public toilet agreement with nabil bank

काठमाडौँ । नबिल बैंकले काठमाडौँको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । आजदेखि काठमाडौँ महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो ।

केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निस्शुल्क शौचालय गर्न पाउनेछन्। शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ ।

प्रतिकृया दिनुहोस