यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन मिल्दैन : मीन विश्वकर्मा

Min bishwokarma

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताएका छन् ।

उनले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भए पनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गरे । सांसद विश्वकर्माले यौन हिंसा गम्भीर अपराध भएकाले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन पनि सरकारसँग माग गरेका थिए ।

बालबालिकाको हकमा, वृद्ध तथा असहाय, अशक्तको हकमा हदम्याद राख्न सकिए पनि सबैका लागि उस्तै रुपमा हदम्याद हटाउन नमिल्ने उनको तर्क थियो । यदि हदम्याद हटाएमा दोषी भाग्न सक्ने पनि उनले औंल्याएका थिए । सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानुन तुर्जुमा गर्नुअघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...