कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने मधेश प्रदेश सरकारको नीति

Madhesh prasdesh pramukh

काठमाडौँ । मधेश प्रदेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ । प्रदेश सरकारले सामुदायिक विद्यालयमा कक्षा ८ का विद्यार्थीलाई साइकल र १२ कक्षा अध्ययरतलाई ल्यापटप दिने नीति अघि सारेको हो ।

सरकारका तर्फबाट आज आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेटी पढाऔं बेटी बचाऔं अभियानलाई निरन्तरता दिएको जनाएका हुन् ।

यस्तै प्रदेशका सामुदायिक विद्यालयहरुमा कक्षा १२ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन एक थान ल्यापटप सहयोग उपलब्ध गराइनेछ र सोको नियमित अनगुमन सामाजिक विकास मन्त्रालयबाट हुनेछ ।

प्रतिकृया दिनुहोस