काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ महानगरपालिकालाई कसरी सफा र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल

Prachanda balen

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकालाई कसरी सफा र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

“तपाईंको जित बहुत ठूलो कुरा हो । क्रान्ति हो । पहिलेका मेयरहरू कुनै एउटा पार्टीसँग मिलेर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो । तर, तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ,” भेटमा प्रचण्डले बालेनलाई भने, “त्यो सराहनीय छ । त्यसैले तपाईंलाई हाम्रो सधैँ साथ र सहयोग हुनेछ।”

प्रतिकृया दिनुहोस