बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको छ : गगन थापा

Gagann

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आव २०७९/८० को बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताएका हुन् ।

उनले बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको बताए । उनले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गरे ।  सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताए ।

बजेटले पेट्रोलियम पदार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उनले बताए । उनले बजेटले समयको मागलाई सम्बोधन गरेको बताए ।

 

प्रतिकृया दिनुहोस