नेपालगन्जमा पूर्वराजाको सालिक राख्न खोज्नेलाई प्रहरीले रोकेपछि तनाव

झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाईते

Npj

बाँके । नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न आएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि उनीहरु प्रहरीसँग जाइ लागेका हुन् । झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । सोक्रममा प्रहरीले ४ राउन्ड राउण्ड हवाईफायर गरेको थियो । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो ।

प्रतिकृया दिनुहोस