प्रचण्डले भनेः अहिले नै कांग्रेसमा अहंकार नआओस्, एमाले जस्तै बनाई दिन्छौं

Prachanda 17

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ प्रमुख सत्ताधारी नेपाली कांग्रेसले पनि देखाउन थालेको बताएका छन् । उनले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

'कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छ', देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा उनले भने, 'कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ ।'

आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए । प्रचण्डले माओवादीप्रति जनताको मोह भंग नभइसकेको बताए । तर सच्चिओस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी हातमा राखिदिएको टिप्पणी गरे ।

'कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,' दाहालले भने,'कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।'

'कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छ' दाहालले भने,'त्यस्तो गरेको जस्तो पनि देखिन्छ तर जसले दम्भ देखायो अह‌ंकार त्यसविरुद्ध मा‌ओवादीले विद्रोह गर्दै आएको छ ।' उनले गठबन्धनको विषयलाई लिएर कांग्रेसले दम्भ र अह‌कार देखाउने अवस्था आए त्यसविरुद्ध विद्रोह गर्ने उल्लेख गरे ।

उनले यसअघि सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलको गठबन्धन बैठकमा आफू र नारायणकाजी श्रेष्ठले यसबारे गम्भीरतापूर्वक कुरा राखिदिएको पनि बताएका छन् । 'हामीले बालुवाटारको गठबन्धन बैठकमा गम्भीर ढंगले यसबारे कुरा उठाइदिएका छौँ । यो गठबन्धनलाई लिएर जाने नै हो । तर कांग्रेसमा अहंकार नआओस्', उनले भने, 'माओवादीलाई तह लाउने भनेर कांग्रेसले घमण्ड नदेखाओस् । अहिले हामीले जितेका १२२ पालिका अब हाम्रा आधार इलाका हुनुपर्यो ।'

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...