सरकारले ल्याएको बजेट सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो : विष्णु पौडेल

Bishnu poudel

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले ल्याएको बजेट बजेटजस्तो नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्रजस्तो भएको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले बजेट बनाउँदा सरकारले आफ्नो ‘म्यादी’ भूमिका पनि बिर्सिएको बताए । उनले भने, “यो सरकार आगामी चुनावसम्मको म्यादी सरकार हो । तर, उसले बजेट बनाउँदा आफ्नो म्यादी भूमिका बिर्सिएको छ, “चुनावी सरकारले निर्वाचनबाट आउने नयाँ सरकारलाई गह्रौँ भारी बोकाउन पाउँदैन । तर, यो बजेटले दीर्घकालीन भार देशलाई बोकाउनेछ ।”

उनले जनताको ‘म्यान्डेट’विपरीत चलखेल गरेर बनेको सरकारले देशको हितका लागि काम गर्न नसकेको भन्दै उनले गुनासो समेत गरे । बजेटले आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत पुग्ने लक्ष्य निर्धारण गरेको भन्दै त्यो देशको आर्थिक अवस्था र सरकारको तयारीका कारण सम्भव नभएको बताए । उनले करिब ५ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर पुग्न नसक्ने दाबी गर्दै सरकारले हचुवा आकलन गरेको तर्क गरे ।

प्रतिकृया दिनुहोस