संसद्‍मा कर्णालीको आवाज प्राथमिकतामा परेन : सांसद महत

Gajendra mahat us3qbr42si

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसद्‍मा कर्णालीको आवाज प्राथमिकतामा नपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले कर्णालीका कुरा सुनाउन ३ मिनेट समय छुट्याइने गरेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बिहीबारको सम्बोधनलाई लक्षित गर्दै उनले भने, यहाँ गाली गर्नेलाई ३ घण्टा छ, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छ । त्यसो भएकाले पनि मलाई अलि गाह्रो भइरहेको छ । कसरी बोल्ने के बोल्ने भन्नेमा गाह्रो भइरहेको छ ।

उनले एमालेले आफूले धित मरुन्जेल बोल्ने र अरुले बोल्दा अवरोध गर्ने गरेको बताए ।सदनभित्र हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइँदैन कि भन्ने लाग्याथ्यो अलि ठूलो स्वर गर्‍यो भने अवरोध हुने हो कि भनेर म चिन्तामा छु उहाँहरू धित मरुन्जेल यहाँ गाली गर्नुहुन्छ तपाईंहरू धित मरुन्जेल बोल्नुहोला उनले भने । त्यस्तै रोस्ट्रमबाट तालाचाबी देखाउँदै उनले भने, हामी बोल्ने बेला तालाचाबी लगाइदिनुहोला, अनि जतिबेला बोल्न मन लाग्छ आउनुहोला र तालाचाबी खोल्नुहोला।

त्यस्तै उनले संसद्‍‍मा सम्बोधन गर्दा दुइटा शब्द सच्याइनुपर्ने भन्दै व्यंग्यसमेत गरे । उनले भने, हिजो सच्याउने कुरा आयो, यहाँ दुइटा शब्द सच्याउने पर्ने भयो दानवीर बलीको ठाउँमा दानवीर ओली राख्नुपर्‍यो सभामुख महोदय, त्यस्तै बलिदानको ठाउँमा ओलीदान बनाउनुपर्‍यो किनभने उहाँले बलिदानलाई त स्वीकार्नुहुँदैन ।

उनले सरकारलाई कृषिलाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । पाँच लाख युवालाई १र१ लाख रुपैयाँका दरले सूर्यमुखी र भटमास लगाउन योजना ल्याउनुपर्‍यो । त्यस्तै १० लाख किसानलाई भैंसी पाल्न लगाएर मलको अभाव हटाउनुपर्‍यो, उनले भने ।

जुम्लाका सांसद महतले तातोपानी गाउँपालिकामा कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्तालाई आक्रमण गरेको र आक्रमणकारीविरुद्ध मुद्दा दर्ता नभएको भन्दै आपत्तिसमेत जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...