बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दियो : कांग्रेस महामन्त्री शर्मा

Bishwo prakash

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरमा बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको बताएका छन् । जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु दलहरुको कर्तव्य भएको शर्माले बताएका हुन । ‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो’, सामाजिक सञ्जालमा शर्मा लेख्छन्, ‘काठमाडौ महानगरमा बालेनको विजयले हामीलाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ ।’

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले ‘वैकल्पिक राजनीतिको नारा र दल’ नरोजेको उनले उल्लेख गरेका छन् । अवस्था प्रति रुष्ट मतदाताले व्यवस्थाको विकल्प नखोजेको शर्माको बुझाइ छ । वैकल्पिक राजनीतिको नारासहितको दल र उम्मेदवारको उपस्थिति मैदान हुँदासमेत बालेनलाई साथ दिएको उनले उल्लेख गरे ।

विजयी बनाइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचेर जनताका काममा सघाउन शर्माले दलहरुलाई आग्रह गरेका छन् । ‘बालेनको विजय हाम्रो पराजय मात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’, शर्मा भन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...