काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहको सुरु भयो धन्यवाद र्‍याली

Balen 1 1536x1044

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएको औपचारिक घोषणा भएको छ । सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...