उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी, नेकपा एकीकृत समाजवादीको सूरुवाती अग्रता

Matganana update

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा पछिल्लो दुई दिनदेखि मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदार बलदेव चौधरीले ६७ मतान्तरले अग्रता लिइरहेका छन् । मतदान विवादका कारण निर्वाचन सम्पन्न भएको ११ दिनपछि सुरु गरिएको मतगणनाको पछिल्लो नतिजा अनुसार एकीकृत साजवादीका चौधरीले ३ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।

उनलाई कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले ३ हजार ५ सय ५ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार भागवत राउतले २ हजार ५ सय १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसकी सरिता राई ३ हजार २ सय ५ मतसहित अग्रस्थानमा छिन् । उनलाई माओवादी केन्द्रकी गीता खड्का कार्कीले २ हजार ९ सय ३५ मतसहित पछ्याइरहेकी छन् ।

यस्तै तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी महेश्वरी राईले हालसम्म २ हजार ७ सय ६९ मत ल्याएकी छन् । १६ वडा रहेको त्रियुगा नगरपालिकामा अहिलेसम्म ५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए । त्रियुगा नगरपालिका उदयपुर जिल्लाको सदरमुकाम रहेको क्षेत्र पनि हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...