विदेश जान खोज्ने हरेक श्रमिकहरूबाट एयरपोर्टमा शोषण हुन्छ : झलनाथ खनाल

Jhalnath khanal 1

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालको एयरपोर्ट भ्रष्टाचारका अड्डा बनेको बताएका छन् । सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता खनालले हरेक श्रमिकहरूबाट एयरपोर्टमा शोषण हुने गरेको भन्दै खनालले भने, ‘विदेश जान खोज्ने हरेक श्रमिकहरूबाट शोषण हुन्छ । यी शोषण गर्ने सम्पुर्ण प्रवृतिहरुलाई विनाश गर्नुपर्छ ।’

उनले शोषण गर्ने मानिसहरुमाथि सरकारले कारवाही पनि गर्नसक्नुपर्ने बताए । उनले नेपालबाट श्रमका लागि विदेश जानेहरुको संख्या अत्याधिक रहेको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नसक्नुपर्ने र त्यो नभए उनीहरुको सुरक्षा ग्यारेन्टी गरेर मात्रै विदेश पठाउनुपर्नेमा सरकारले विशेष ध्यान दिन सक्नुपर्ने बताए ।

उनले नेपालका श्रमिकहरुको शोषण गरेर एकाध मन्त्री र कर्मचारी मोटाए पनि देश खोक्रो बन्ने भएकाले उक्त प्रवृत्ति अविलम्ब रोक्नुपर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...