स्थानीय तह निर्वाचन: देशका सातै प्रदेशमा कांग्रेस पहिलो दल

पाँच प्रदेशमा एमाले दोस्रो, जसपा मधेशमै तेस्रो

Congresh

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । पाँचवटा प्रदेशमा नेकपा एमाले दोस्रो दल बनेको छ भने दुई वटा प्रदेशमा एमालेलाई उछिन्दै नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । जनता समाजवादी पार्टी भने मधेशमै तेस्रो दलमा खुम्चिएको छ ।  

हालसम्म ७४९ पालिकाको नतिजा सार्वजनिक भएको छ भने चार वटा पालिकाको मात्रै मत परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना जारी रहेका पालिकामध्ये कांग्रेस दुई ठाउँमा अगाडि छ भने स्वतन्त्र उम्मेदवार एक ठाउँमा अगाडि छन् । बाजुराको बुढीगंगा नगरपालिकामा भने मतगणना हुन सकेको छैन ।

सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसले ३२७ पालिका जित्दा नेकपा एमाले २०५ पालिका प्रमुख पद जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्र १२१, जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमुख जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४–४ ठाउँमा जितेका छन् । सिके राउतको जनमत पार्टीले दुई पालिका प्रमुख जित्दा नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशिल साझा पार्टीले एक–एक स्थानीय तह जितेका छन् । धरान, धनगढी, जनकपुर लगायतका १२ वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...