काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

१९ हजार तीन सय मत गन्न बाँकी हुँदा बालेनलाई २० हजार भन्दा बढी मतको अग्रता

Balen sunita

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो ।

बालेन र सुनिता दुवैको आ(आफ्ना निकटतम प्रतिस्पर्धीसँगको मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै भएकाले जित निश्चित भएको हो । अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेको छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा २० हजार भन्दा बढी मतको अग्रता लिएका छन् । साहले ५५ हजार ७ सय ४७ मत प्राप्त गरेका हुन ।

गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३ सय ७१ र एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय २६ मत पाएका छन्।यस्तै उपमेयरमा सुनिता डंगोलले ६० हजार ६ सय ७५ मत ल्याएकी छिन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस