ललितपुर महानगरको मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा एमालेकी शाक्य निर्वाचित

Chiribabu maharjan jit

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् ।

व्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयुक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिइसकेका छन् । कांग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए ।

उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएका छन् । शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे । निर्वाचित दुवैले परिणाम घोषणा अघि नै विजय जुलुस गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...