यसकारण नआउने भए सलमान खान, आयोजकको ८ करोड स्वाहा

Salman khan

काठमाडौं । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । उनी ‘दबंग टुर रिलोडेड’कार्यक्रम लिएर नेपाल आउन लागेका थिए ।

आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम आयोजकले स्थगित गरेको हो । आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र प्रतिकूल मौसमका कारण कार्यक्रम स्थगन गरिएको हो ।

भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ । कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ८ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ ।

सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । एक दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिने बताइएको थियो । साथै, सलमानले नेपालको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने तालिका पनि तय भएको थियो । सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो ।

आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको पुष्टि गरे । स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको जानकारी उनले दिए । ‘चुनावको कारण टिकट सोचेअनुसार बिक्री हुन पाएन र पानी पर्ने सिजन पनि सुरु भयो,’ उनले भने ।

 

प्रतिकृया दिनुहोस