देशभर ७१४ पालिकाको नतिजा सार्वजनिक: ३१४ कांग्रेस, एमाले १९२ र माओवादी १२० तहमा विजयी

Local election result 1536x1000

काठमाडौं: स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७१४ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१४ पालिका जितेको छ भने नेकपा एमालेले १९२ पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ५८ पालिका जितेका छन्।

आइतबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्क अनुसार नेपाली काँग्रेसले १२८ पालिकामा प्रमुख पद जितेको छ भने नौ पालिकामा अग्रता लिएको छ। यस्तै, नेकपा एमालेले ७१ पालिकामा प्रमुख पद जितेको छ भने १२ पालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। यस्तै, नेकपा एकीकृत समाजवादीले नौ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता कायम गरेको छ।

यस्तै, अन्य पार्टीले २८ पालिकामा प्रमुख पद जितेका छन् भने छ पालिकामा अग्रता बनाएका छन्। गाउँपालिकातर्फ कांग्रेसले १८६ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। एमालेले १२१ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन। जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अध्यक्ष पदमा अग्रता बनाएको छैन। यस्तै, अन्य पार्टीले ३० पालिकामा अध्यक्ष पद जितेको भने दुई पालिकामा अग्रता लिएको छ।

यस्तै, काँगेसले १०१ पालिकामा उपप्रमुख पद जितेको छ भने आठ पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ९५ पालिकामा उपप्रमुख पद जितेको छ भने १७ पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेर दुई पालिकामा अग्रता लिएको छ।

जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेर एक पालिकामा अग्रता कायम राखेको छ। अन्यले २० पालिकामा उपप्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्। यस्तै, काँग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन्। एमालेले १२२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन। जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन्।

अन्यले २८ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने दुई पालिकामा अग्रता लिएका छन्। यस्तै, काँग्रेसले दुई हजार ५७२ वटा वडामा अध्यक्ष जितेर १० वटा वडामा अग्रता लिइरहेको छ। एमालेले दुई हजार ६२ वटा वडा जित्दा नौ वडामा अग्रता लिइरहेको छ।

नेकपा माओवादी केन्द्रले एक हजार ३५ वटा वडामा अध्यक्ष जितेको छ। चारवटा वडामा उसले अग्रता लिइरहेको छ। यस्तै, जनता समाजवादी पार्टीले २८१ वटा वडामा अध्यक्ष जितेको छ भने एकवटा वडामा अग्रता लिइरहेको छ। अन्यले ५६४ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।

प्रतिकृया दिनुहोस