प्रधानमन्त्री देउवासँग अमेरिकी उपमन्त्री जियाको भेटवार्ता,  नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल 

Jiya n deuwa

काठमाडौँ । अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । दुई दिन अघि नेपाल आएकी जियाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटेकी हुन् । सो अवसरमा नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा जियाको नेपाल भ्रमण भएको हो । तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जिया भारत भ्रमण सकेर नेपाल आएकी हुन्। भारतमा रहँदा उनले दलाई लामासँगसमेत भेट गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...