चन्द्र अन्छङ्बोलाई संगीत आङबुहाङले दिए साथ (भिडियोसहित)

Chandra songs

काठमाडौं । भनिन्छ सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । यो भनाईमा सिमित न भएर गायक चन्द्र अन्छङ्बोको जीवनमा पनि लागू हुन्छ ।
दुई दशकदेखि लोकसंगीत बिशेषगरी लिम्बु जातिहरुको धर्म र सस्कृतिमा आधारित गीतहरुमा आवाज दिइरहेका गायक चन्द्रलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएको छ ।

हङकङलाइ कर्म थलो बनाएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगत संग तुलना गर्छन । पछिल्लो समय उनै गायक चन्द्र अन्छङ्बोले लिम्बु गीत सार्वजनिक गरेका छ्न् ।

गीतमा चन्द्रलाइ गायिका संगीत आङबुहाङले साथ दिएकी छिन । बब्रिम शेर्माको शब्द ,संगीत रहेको गीतलाई दिनेश सुब्बाले एरेन्ज गरेका हुन् । लिम्बु गीतलाई शब्दको भाव अनुसार पर्दामा प्रस्तुत गर्नका लागि भिडियोमा निकै मेहनत गरिएको चन्द्रले बताए ।

भिडियो निर्माणको धेय मनोरञ्जनको साथै लिम्बु संस्कार र संस्कृति पुस्तानतरण गर्न पनि रहेको गायक अन्छङ्बोले बताए । युवापुस्ताका चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई मौलिक बनाउनका लागि कस्ट्युम र कलाकारहरुको प्रस्तुतिमा बिशेष मेहनत गरिएको बताए ।

भिडियोमा गायक चन्द्रलाई आफनै श्रीमती सुकु नाल्बो, छोरीहरु एञ्जुला, एलिसा अन्छङ्बो र पूर्ण बहादुर अन्छङ्बोले साथ दिएका छ्न् । हंङकङको सुन्दर ठाउँहरुमा खिचिएको भिडियोलार्इ छायांकन र सम्पादन मज्जाको राईले गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस