मतगणना अपडेट : ६८४ स्थानीय तहको मतपरिणाम सार्वजनिक

Matganana update

काठमाडौँ। वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रममा शनिबार बिहानसम्ममा कुल ७५३ स्थानीय तहमध्ये ६८४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

एक महानगर, पाँच उपमहानगरसहित ६८४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो । पाँच वटा महानगर र ६ वटा उपमहानगरसहित देशभरका ७१ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख पदमा ३०४ स्थानमा जित निकाल्दै पहिलो पार्टी बनेको छ । उसले उपप्रमुख पदमा २७९ स्थानमा विजयी हासिल गरेको छ । कांग्रेस अझै १९ स्थानीय तहको प्रमुखमा अगाडि छ भने उपप्रमुखमासमेत १९ नै स्थानमा अग्रता लिएको छ ।

दोस्रो दल बनेको नेकपा एमालेले १८६ स्थानीय तहको प्रमुखमा बाजी मारेको छ । उसले १७ तहको प्रमुखमा अग्रता लिएको छ । २१२ स्थानीय तहको उपप्रमुख जितेको एमाले २७ स्थानमा अगाडि छ । तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले ११६ स्थानीय तहको प्रमुख पद जितेको छ भने १२० स्थानमा उपप्रमुख जितेको छ । प्रमुखमा सात स्थानमा अगाडि रहेको माओवादी उपप्रमुखमा आठ तहमा अगाडि छ ।

जनता समाजवादी पार्टीले २३ स्थानीय तहको प्रमुख जितेको छ भने ११ स्थानमा अगाडि छ । नेकपा एकीकृत समाजवादीले १७ पालिकामा प्रमुख जितेको छ भने दुई स्थानमा अग्रता लिएको छ । तराई केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीले १० ठाउँमा प्रमुख पदमा जित्दा ६ ठाउँमा अग्रता कायमै राखेको छ। विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलले २६ स्थानीय तह जितेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...