विराटनगर महानगरपालिकाको मेयरमा नागेश र उपमेयरमा शिल्पा निर्वाचित

Nagesh koirala and shilpa karki

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् ।

विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार नेपाली कांग्रेसले मेयर र जनता समाजवादीले उपमेयर पाएको थियो । जसमा गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो ।

मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की ११४६१ मत अन्तरले विजयी भइन् ।

मेयरमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।

उपमेयरमा शिल्पा कार्की २५ हजार ६८० मत सहित विजयी हुँदा जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए । यसैगरी राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...