विराटनगर महानगरको मतगणना अन्तिम चरणमा, नतिजा आजै आउने

Mat ganana 2

काठमाडौँ । विराटनगर महानगरपालिकाको मतगणना सकेर आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीका अनुसार आजै रातीसम्ममा अन्तिम मत परिणाम आउनेछ ।

भर्खरै घोषित मतपरिणाम अनुसार अहिलेसम्म ८२ हजार ५ सय २७ मत गणना भएको छ । जसमा प्रमुख पदमा काँग्रेसका नागेश कोइराला २७ हजार २ सय ६४ मतका साथ अग्रस्थानमा छन् । कोइरालाका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २० हजार ७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार १७९ मत पाउँदा राप्रपाका प्रल्हाद साहले ४ हजार ९३५ मत पाएका छन् ।

उपप्रमुखमा भने शिल्पा कार्कीले २३ हजार ६३१ मत ल्याउँदा गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १३ हजार २ सय ३४ मत पाएका छन् । राप्रपाकी विन्दा लुइँटेलले सोही पदमा ६ हजार ३५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हजार ८२८ मत ल्याएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...