देशभरका ९ वटा उपमहानगरपालिकामा मतगणना जारी,५ ठाउँमा गठबन्धन अगाडि

Matganana update

काठमाडौँ । देशका ११ वटा उपमहानगरपालिकामध्ये ९ वटामा मतगणना जारी रहेको छ । दाङको घोराही र बाराको जितपुर सिमरा उपमहानगरमा भने अन्तिम मत परिणाम आईसकेको छ । घोराहीमा नेकपा एमालेका नरुलाल चौधरी तथा जितपुर सिमरामा माओवादीका राजन पौडेल निर्वाचित भएका छन् । मतगणना जारी रहेका ठाउँहरुमध्ये ५ ठाउँमा गठबनधनका उम्मेदवारले अग्रता लिंदा एक ठाउँमा एमाले तथा तिन ठाउँमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन्।

बाराको कलैया उपमहानगरमा नेकपा एमालेका विनोदप्रसाद साह १८ हजार ३९ मतका साथ अग्र स्थानमा छन् भने कांग्रेसका राजेश राय यादव १३ हजार १ सय ७३ मतका साथ दोस्रो स्थानमा रहेका छन् । मकवानपुरको हेटौंडामा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना लामाले १९ हजार ९ सय ६४ मत प्राप्त गरेकी छन् । एमालेका अनन्त पौडेल १८ हजार १ सय ९२ मतसहित दोस्रो स्थानमा रहदा राप्रपाका दिपक सिंह १७ हजार ५ सय ६० मतसहित तेस्रो स्थानमा रहेका छन् ।

सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले २० हजार ७ सय ७३ मत ल्याउदा एमालेका यामकुमार सुब्बाले १७ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । सुनसरीकै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले ९ हजार २ सय ९५ मत ल्याउदा नेपाली कांग्रेसका किशोर राईले ९ हजार २२ मत प्राप्त गरेका छन् । कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १७ हजार ७३ मतका साथ शीर्ष स्थानमा रहदा कांग्रेसका नृपबहादुर वड ८ हजार ५ सय २० मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्टले २१ हजार ६ सय ७८ मतका साथ अग्रता लिंदा एमालेका पशुपतीदयाल मिश्रा १० हजार ९ सय ९२ मतका साथ दोस्रो स्थानमा छन् । रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले २२ हजार ७ सय ७२ मत ल्याउदा एमालेका बाबुराम भट्टराई १६ हजार ५ सय २० मतसहित दोस्रोमा छन् । दाङको तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका गेहेन्द्र गिरीले ६ हजार ६ सय ५७ मतसहित अग्रता बनाउदा एमालेका टिकाराम खड्का ६ हजार ३ सय ९३ मतसहित दोस्रो स्थानमा छन् ।

यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोकुमार साह सुडी ५ हजार ४ सय ४८ मतसहित पहिलो स्थानमा रहदा नेकपा एमालेका शिवशंकर साह ३ हजार ४ सय९६ मतसहित दोस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस